सविन राउत र अर्जुन तामाङबीच एनआरएनको पहलमा सहमती

Published On: Sunday, December 29, 2013 | Source: NRNA KUWAIT

२९ डिसेम्बर २०१३ । नेपाली काँग्रेसको भात्री संगठन जन-सम्पर्क समिति, कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सह-सचिव सविन राउत र NRNA कुवेत एवं तामाङ घेदुङका उपाध्यक्ष अर्जुन तामाङबीच अनायासै उत्पन्न भएको मन-मुटावमा आज सहमती भएको छ ।

गत २७ डिसेम्बर २०१३ मा तमू समाज, कुवेतले आयोजना गरेको लोसार कार्यक्रम स्थलमा राउत माथि तामाङबाट भएको ज्यादतिको बिषयलाई लिएर नेपाली दूतावासमा परेको उजुरीलाई बिषयबस्तु बनाई आज NRNA कुवेतले दूतावासको सल्लाह, सुझावमा बोलाएको बैठकमा उनिहरु बिच आपसी सहमती भएको हो ।

photo3कुवेतको फाहाहिलस्थित फेमिली नेपाली रेष्टुरेन्टमा NRNA कुवेतको रोहबर र सम्पूर्ण कुवेतमा कृयाशिल रहेका नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले दुबै पक्षलाई उपस्थित गराई सोधपुछ गर्दा तामाङले आफुबाट अन्जानमा नचित्याएको भुल हुन गएको आफुलाई महशुस भएको र आईन्दा कुनै पनि नेपाली संस्थाले गरेको कार्यक्रममा आफुले सहयोग गर्ने र कुनै दिन आफुबाट पुन. त्यस्तो भुल दोहिरिन गएमा नेपाली समाजले दिएको जस्तोसुकै सजायको पनि भागीदार हुन आफु तयार रहेको बचन दिंदै क्षमा याचना गरेकाले राउतले समेत तामाङको भनाईलाई सहज रुपमा स्विकार गर्दै हामी सबै एउटै परिवारका सदस्य हौं र हामी आपसी समझदारीमै गएर नेपाली समाजको लागि एउटा उदाहरण बन्न सके आफु र आफ्नो संस्थालाई थप खुशी हुने बताउँदै, दूतावासमा आफुले हालेको उजुरी फिर्ता लिने बताएपछी बैठकको माहौल नै एकैछिनमा खुशीमा परिणत भएको थियो भने उपस्थित सबैले दुबैको बिचारलाई ताली पिटेर स्वागत गर्दै आज एक उदाहरणनिय तथा मानविय कार्यको थालनी नेपाली समाजमा भएको निष्कर्ष निकाल्दै वहाँ द्वयलाई एक उदाहरणको रुपमा लिएर अगाडि बढ्न सकेमा नेपाली समाजले आयोजना गर्ने जस्तोसुकै कार्य पनी सफल हुने बताएका छन ।

photo2बैठकले आगामी दिनमा कुनै पनि नेपाली सँघ-संस्थाले आयोजना गर्ने कार्यक्रमहरुमा अन्य सम्पूर्ण संस्थाहरुले मिलेर सहयोग गर्नु पर्ने र कुनै पनि नेपाली संस्था बिना कुवेतमा नरहेकोले यो सम्भव हुने भएकोले यही नीति अबिलम्ब अपनाउनु पर्ने बिकल्प निकालेको छ ।

बेलुकीको ६.३० बजेदेखी शुरु भएको बैठकमा NRNA कुवेतका अध्यक्ष धर्मराज गिरी, पूर्वाध्यक्ष एवं बरिष्ट समाजसेवी राजेन्द्र तामाङ, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष जय आले, सदस्य डम्बर रिमाल, तमू समाज कुवेतका सल्लाहाकार तथा पूर्वाध्यक्ष अमर गुरुङ, तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा घलान, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष राजेन्द्र बिरही, खोटाङ संपर्क समाजका उपाध्यक्ष प्रेम कटुवाल, अल-अमाना सेयुरिटी कम्पनिका अपरेशन म्यानेजर होमनाथ गिरी, अखिलनेपाल महदुर सँघका प्रतिनिधि नवराज पराजुली लगायतको उपस्थिती रहेको थियो । बैठक करिब अढाई घण्टा चलेको थियो