एनआरएनए चीनको महाधिबेशन सम्पन्न

Published On: Thursday, June 23, 2011 | Source: NRNA KUWAIT
२०११ मे २८ का दिन गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको दोस्रो महाधिबेशन सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनको सहभागिता रहेको थियो । यसै गरी विशेष अतिथिमा चीनका नेपाली राजदूत टंक प्रसाद आचार्यका साथै एनसिसि हङकङ्ग, कोरीया, जापान मकाउका साथै विभन्न मुलुकका प्रतिनिधहरुको सहभागीता रहेको थियो ।
यस महाधिवेशन बाट २०११-२०१३ को अवधिको लागि सुन्दर थापा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । यसै गरी उक्त कार्य समितिको बरिष्ठ उपाध्यक्षमा राजन जमर्कट्टेल, उपाध्यक्षद्वयमा नविन वि.के र संजय कुमार चेतानि, संयोजक सुदेश कुमार झा, उपसंयोजक प्रदिप न्यौपाने, कोषाध्यक्ष राजु श्रेष्ठ, प्रवक्ता प्रकाश चन्द्र खरेल, सदस्यहरुमा प्रदीप भण्डारी, सुशिल वेलबासे, अमर व्यञ्जनकार, दामोदर पराजुली, राजिव केशरी, रोहित अग्रवाल, लिला प्रसाद उप्रेती, राजन घले, राम कुमार राई, खमसुङ्ग गुरुङ्ग, निर्मल चौलागाई, उत्सव श्रेष्ठ, विजय भण्डारी र मिलन ज्ञवाली निर्वाचित हुनु भएको छ । यसै गरी आगामी कार्यकालको लागी आइसिसि प्रतिनिधिमा रंजन ढकाललाई चयन गरिएको छ