बेलिज्यमको तेश्रो अधिवेसन आन्त्रोपेन सहरमा सफलताका साथ संपन्न

Published On: Thursday, June 23, 2011 | Source: NRNA KUWAIT

२९ मे २०११ का दिन गैरआवासीय नेपाली संघ बेलिज्यमको तेश्रो अधिवेसन आन्त्रोपेन सहरमा सफलताका साथ संपन्न भएको छ । नेपाली दुतावास बेल्जियमका राजदुत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यतामा संपन्न भएको उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जीवा लामिछाने विशिष्ट अतिथिको रुपमा सहभागी हुनु भएको थियो । कार्यक्रमामा एनआरएन जर्मनी, नेदरल्याण्ड लगायत बेल्जियम स्थित नेपाली संघसंस्था तथा उल्लेखनिय रुपमा गैर आवासिय नेपालीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा युरोपियन क्षेत्रिय सहसंयोजक रविन्द्रमान श्रेष्ठ, जर्मनी आइसीसी सदस्य कुमार पन्त, आइसीसी सदस्य बेल्जियम अर्जुन कुमार श्रेष्ठ, एनआरएन नेदरल्याण्डका अध्यक्ष हरि शर्मा पौडेल, जर्मनीका अध्यक्ष दिल गुरुङ्ग, युरोपियन पुर्व सहसंयोजक जानकी गुरुङ्ग, पुर्व एनआरएन बेल्जियमका अध्यक्ष युवराज गुरुङ्ग, गंगाधर गौतम, सुरेन्द्रमान अमात्य, इन्द्र वली, सुरेन्द्रमान अमात्य, राजेन्द्र रसाइली, अनन्ता गुरुङ्गले शुभकामना मन्तव्य दिनु भएको थियो ।
बन्द सत्रमा प्रवेस पश्चात कार्यक्रममा जीवा लामिछानेको अध्यक्षतामा रविन्द्र श्रेष्ठ, इन्द्र क्षेत्री पकवान, प्रेम पाठक, हरि शर्मा, कुमार पन्त अध्यक्ष मण्डलको गठन पश्चात महासचिव नन्दराज घलेले प्रगति प्रतिवदन, रोसन जोशीद्धारा आर्थिक प्रतिवेदन र सदस्य श्री शालिक गौतम द्धारा शंशोधित विधानको मस्यौदालाई शंशोधन सहित पास गरिएको थियो । एनआरएन बेल्जियमको ८७४०८,९८ कुल आय र ६१३१७,७८ युरो व्यय भएको थियो । र बन्द शालिक गौतमको संयोजक्त्वमा निर्वाचन समिति गठन गरि आगमी जुन २६ मा निर्वाचन गराउने निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष श्री पिजी शेर्पाको अध्यक्षतामा संपन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष लिलाधर पन्तले स्वागत तथा महासचिव नन्दराज घलेले संचालन गर्नु भएको थियो