गैरआवासिय नेपाली संघ मकाउको दोश्रो अधिवेशन सम्पन्न

Published On: Thursday, June 23, 2011 | Source: NRNA KUWAIT

गैरआवासिय नेपाली संघ मकाउको दोश्रो अधिवेशन २७ मे २०११ मा मकाउको मेट्रो पार्क होटेलमा गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष तथा कार्यक्रमका सभापति सुदर्शन थापा मगरको सभापतित्वमा सम्पन्न भयो ।यस कार्यक्रमा विभिन्न संघ संस्थाहरुमा कार्यरत नेपालीहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमका प्रमुख अतिथिमा गैरआवसीय नेपाली संघका अध्यक्ष देवमान हिराचनको सहभागीता रहेको थियो भने विशिष्ट अतिथिहरुमा नेपाली कन्सुलर जनरल अफ हङ्कङका किरण शाक्य, Macau S.A.R.Legislative Consular Mrs. Melina Chan रहनु भएको थियो भने अतिथिहरुमा हङकङ्गका आइसिस सदस्य कृष्ण प्रसाद पाण्डे र जगन्ननाथ ज्ञवाली, कोरीयाका आइसिसि सदस्य गंगाराज राईको सहभागीता रहेको थियो । कार्यसमितिका सल्लाहकार कृष्ण बहादुर अधिकारीले कार्यक्रमको संचालन गर्नु भएको थियो । मकाउका ICC सदस्य उदय वाग्लेले स्वागत मन्तव्य एबं कार्यक्रम बारे जानकारी गराउंनु भएको थियो ।यसै क्रममा एनसिससि मकाउका सचिव मंगल बहादुर राईले संघको वार्षिक गतिविधिहरु प्रस्तुत गर्नु भएको थियो । मन्तव्य दिने क्रममा नेपाली कन्सुलर जनरल अफ हङ्कङका श्री किरण शाक्यले मकाउमा पनि छिट्टै नै अस्थाई कन्सुलर खोल्ने सम्बन्धमा कुरा भईरहेको जानकारी गराउंनु भएको थियो भने गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचनले NRNA को बारेमा जानकारी गराउनु भएको थियो ।

 

कार्यक्रमका सभापति तथा अध्यक्ष श्री सुदर्शन थापा मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियो । यसै कार्यक्रममा NCC मकाउका अध्यक्ष सुदर्शन थापा मगरले जापानमा केही महिना अगाडि गएको भूकंप तथा सुनामी पिडितको लागी मकाउमा कार्यरत सम्पूर्ण नेपालीहरुसँग सहयोगको पहल गरी संकलन हुन आएको जम्मा रकम मकाउ पताका MOP. २४,२८७.०० गैर आवासीय नेपाली संघका का अध्यक्ष देवमान हिराचनज्यू लाई हस्तान्तरण गर्नु भएको थियो ।

ICC का अध्यक्ष देब मान हिराचनले सबै नयाँ कार्य समितिका पदाधिकारीहरुलाई सपथ खुवाउनुका साथै अर्को २ वर्षे कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएकोथियो । नयाँ कार्यसमितको अध्यक्षमा सुदर्शन थापा मगर, उपाध्क्ष द्वयमा हेमवहादुर तामांग र मुकेश कुमार बरुवाल, राष्ट्रिय संयोजक मंगलवहादुर राई, संयोजक वृहस्पति प्रसाद अधिकारी, कोषाध्यक्ष दोर्जे लामा, सदस्यहरुमा पुर्ण वहादुर श्रेष्ठ, शम्शेर थापा, पदम सिंह पन्थ, श्याम वहादुर जिसि र गोपाल लामा निर्वाचित हुनु भएको छ । यसै गरी आगामी कार्यकालको लागि उदय वाग्लेलाई आइसिसि सदस्यमा चयन गरीएको छ ।

कार्यक्रमको अन्त्यमा अन्तरकृया कार्यक्रम पनि गरिएको थियो जसमा NRNA-ICC का अध्यक्ष देबमान हिराचनले उपस्थित संघका सम्पूर्ण सदस्यहरुको जिज्ञासाहरुलाई पुरा गर्नु भएको थियो