एनआरएनमा हाम्रो कर्तव्य

Published On: Friday, May 12, 2017 | Source: NRNA KUWAIT

नेपालको विकास र प्रर्वदनमा टेवा पुर्याउने उदेश्यले विश्वका विभिन्न मुलुकमा वसोवास गर्ने नेपालीहरुको सक्रियतामा एक स्वतन्त्र,गैर नाफामुखी, गैर राजनैतिक र गैर सरकारी तर प्रवासी नेपालीहरु भनौ वा गैर्ह आवासीय नेपालीहरु अट्न सक्ने गरी २००३ मा लण्डनमा गठन भएको सस्था हो भने हालमा विश्र्वका ५७ भन्दा वढि देशहरुमा यसको राष्ट्रिय समन्य परिषद गठन भै सकेको छ । यसको सबै भन्दा कान्छो संस्थाको रुपमा ईराकमा जन्म लिएको छ । २००५ मा कतारमा पहिलो क्षेत्रीय सम्मेलन गर्दै संस्था अगाडी बढेको हो ।यसले हालै मात्र पाँचौ राष्ट्रिय सम्मेलन काठमाण्डौमा गरेको छ । एनआरएनले खासगरि ३० लाख भन्दा बढि नेपाली हरुको सुरक्षित आप्रवासका बारेमा हरेक मुद्दाहरु उठाउदै श्रमजीवी नेपालीहरुको हक हितका लागी लडिरहेको तथ्य छर्लङग छ । कुवेत,कतार,साउदीअरव,बहराईन,युएई र अन्यमुलुक गरेर सिङगो मिडिल ईष्टमा १७ लाख नेपालीहरुले रोजगारीको अबसर लिई राखेका छन । यस मध्ये सवाँ दुई लाख महिला कामदार हरुले घरेलुकामदार र संस्थागतरुपमा काम गरि रहेको तथ्य पनि सरकारि रेकर्डले बताउछ । ‘’नेपालीका लागी नेपाली’’ भन्ने मुल मन्त्रका साथ अगाडी बढेको यस संस्थामा समय समयमा आपसी विवाद पनि ननिस्केका होईनन, किनकी युरोपका आप्रवासीहरुको समस्या र खाडीका आप्रवासीहरुको समस्या फरक छ । खाडिमा निम्न आयश्रोत भएका नेपालीहरुको जमात छ भने युरोपमा नयाँ पुस्ताका नेपालीले आफुलाई नेपाल प्रतिको घनिष्ठता,माया र समृद्द बनाउन चाहान्छन । भन्ने नै हो भने खाडिमा रहेकी घरेलु नोकरानीले पनि रेमिट्यान्स भित्र्याएकी हुन्छे उसको पनि नयाँ नेपाल, सुन्दर शान्त नेपाल र समृद्द नेपाल बनाउने काममा अप्रत्यक्षरुपमा सहभागीता देखिन्छ ।

                 संस्थाका लागी फरक विचार राख्नेहरुले लाञ्छना पनि पटक पटक लगाएको मिडियाहरुमा   देख्न र सुन्न पाईन्छ । यो धनीहरुको संस्था हो ,यसमा राजनिति घुस्यो,यसमा धनाढ्य र नव-धनाढ्यहरु छन तर यि विषय र प्रशंगमा कुनै तुक देखिदैन । कीनकी यो सस्था आफैमा सामाजीक सस्था हो । यसका राष्ट्रिय समन्वय परिषदले वार्षिक रुपमा कुनै न कुनै परियोजन नेपालमा दिनु पर्ने वाध्यता हुन्छ । यसका लागी रकम एनआरएनहरु आफैले व्यवस्था गरेका हुन्छन । र अर्को कुरा हामी नेपाली हौ जहाँ गए पनि आफ्नो भाषा, सस्कार, परमपरा,राजनित सगै लिएरै जान्छौ । हामी कतै न कतै बाट कुनै न कुनै राजनैतिक आस्था राखेका हुन्छौ उहि व्याक्ति जव एनआरएनमा पुग्छ भने उसलाई राजनैतिक रङले रङग्याउने काम हुन्छ र बिभिन्न खाले आरोप लगाएर सिङगो संस्थाको खिल्ली उडाउन खोजिन्छ तर बुझ्नु पर्ने कुरा के छ भने यो विशुद्द सामाजिक सस्था हो । तर यसले विगतका दिनहरुलाई हेर्ने हो भने कुरा धेरै र काम थोरै गरेका तथ्यहरु हामी सँग प्रष्ट छन । यसलाई दुरगामी रुपले संञ्चालन गर्ने हो भने नेपाली जनता बाट आशा गरे जस्तै गर्नु पर्ने हुन्छ । हाल सम्म सरकारी रेकर्ड अनुसार विश्र्वका ११८ देशमा नेपाली हरुले श्रम वेचेका छन । हामीले बल्ल ५७ देशमा एनआरएनको  विस्तार गरेका छौ यसको विस्तार गर्दै देशमा नै रोजगारीका अबसरहरु सिर्जना गर्नु हाम्रो कर्तव्य हुन्छ । अर्को कुरा एनआरएनले हाल सम्म गरेका सामुहिक लगानीका रुपमा देखिएका हाईड्रो पावर र केहि बैंकहरु सबै एनआरएनहरुको हैसियत भित्र पर्दैनन । यदि एनआरएनलाई ‘’हाम्रो एनआरएन राम्रो एनआरएन’’ बनाउने हो भने मिडिलईष्टका ३०० डलर कमाउने हरुको पनि लगानी रहने गरी सामुहिक लगानीको अवधारणा ल्याउनु पर्ने देखिन्छ । यो गर्न सक्यो भने पनि देशमा प्रसस्त रोजगारीका अवसर हरु खुल्छन र युवा विदेशिनक्रम रोकिन्छ तव देश विकासमा हाम्रो भूमिका पनि रहन्छ ।