एनआरएन कुवेतका केही नयाँ निर्णय अब एनआरएनए तात्यो

Published On: Saturday, December 31, 2011 | Source: NRNA KUWAIT

तोयानाथ उपेक्षित,
एनआरएनए कुवैतले काठमाण्डौ सम्मेलन पछि सो को समिक्षा गर्दै आज कुवैतको एषिया एषिया होटलमा आफ्नो नियमित बैठक सम्पन्न गरयो । एनआरएनए कुवैतका अध्यक्ष राजेन्द्र तामाङ्गको अध्यक्षतामा सम्पन्न सँघको दोश्रो कार्यकालको छैठौ वैठकले सम्मेलनको समिक्षा गर्नका साथै आईसीसीका लागि मनोनित क्षेत्रिय सदस्य कुमार झापाली उर्फ धु्रव कुमार संग्रौलालाई स्वागत गरेको थियो । यसरी नै यस पटकको बैठकले विगतका दिनहरुवाट पाठ सिक्दै केही नयाँ निर्णयहरु गरेको छ ।

समाचार श्रोतका अनुसार कुवैतको एनआरएनए ले के गर्यो ? भन्ने सवाल उठने गरेको सन्दर्भमा एनआरएनएले कुनै सँस्था मार्फत दान वा चन्दा दिएर नभै आफैले सिधै आफ्नै नेतृत्वमा गर्ने निर्णय गरेको छ । एनआरएनएले गरेका अन्य निर्णयहरुमा कुवैतमा क्रियाशिल सँघ सँस्थाका अध्यक्षहरुलाई एनआरएनको कार्यसमितीको सदस्यमा रहेर काम गर्न आग्रह गर्ने निर्णय गरेको छ । यसरी नै एक अर्को निर्णयमा एनआरएनएको साधारण सदस्यता विस्तार गर्ने निर्णय गरेको छ । एनआरएनए कुवेतले दुरगामीको महत्व राख्ने अर्को एक निर्णय पनि गरेको छ । जसमा भनिएको छ सम्पूर्ण सदस्यहरुलाई निकट र आत्मिय बनाउन पारिवारिक सदभाव र भावना विकाश हुने भन्दै एनआरएनएले पारिवारीक भेलाहरु र भ्रमणहरुको आयोजना गर्ने निर्णय पनि गरेको छ । एनआरएनएले आपसमा आत्मियता बढाउन सो प्रकारको कार्यक्रम उपयोगी हुने बताएको छ । सो का लागि उपाध्यक्ष राजु थापाको नेतृत्वमा धु्रव कुमार संग्रौला, नबराज श्रेष्ठ, राजु खड्का र अर्जुन तामाङ्ग रहेको समिती समेत निर्माण गरेको छ । एनआरएनएका क्षेत्रिय प्रतिनिधी राजन कुवँरको उपस्थितीमा सम्पन्न सो बैठकलाई महासचिब सुजन केसीद्धारा संन्चालन गरिएको थियो ।