कुबेतको नेपाली समाजका सदभाबना राजदुत राजेन्द्र तामाङ

Published On: Saturday, December 31, 2011 | Source: NRNA KUWAIT

कुबेतको नेपाली समाजका सबैका आदर्श,हशैला/मसैला अबिभाबकिय गुण बोकेका दाई-राजेन्द्र दाईलाई नचिन्ने को होला ? उहाको हरेक कृयाकलाप र उद्दार भाबनाले समाजमा धेरै परिबर्तन र बिकास उथ्थान भएका छ। उहाले कुन कुन क्षेत्रमा सहयोग गर्नु भएको छैन त्यो खोज्नु पर्ने हुन्छ । वास्तवमा उहाले कुबेतको नेपाली समाजको हरेक क्षेत्रमा आफ्नो मन मस्त्तिकले भ्याए सम्म तन मन धनले सहयोग गर्नु भएको छ। कुबेतको नेपाली समाजमा कुनै समय बर्ष दिनमा एउटा या दुइ वटा कार्यक्रम आयोजना गरिन्थ्यो र गतीबिधी अत्यन्त न्युन थियो तर अहिले तपाईं हाम्रो आँखा अगाडि छर्ल्लङ छ कि महिनामा कत्ती वटा कार्यक्रम आयोजना हुन्छ भनेर यस्तो परिवर्तित रुप दिन दाजु राजेन्द्र तामाङले एउटा दाईमा भएको मियोको रुपमा उहाले बिगत एक दशकदेखी प्रमुख भूमिका खेल्दै आउनु भएको छ । उहाले कुबेतमा बिचल्ली बिचल्ली परेका चेलीहरुलाई मात्र उद्दार गर्नु भएन कि आफ्नै गाउमा परीपर्तनका लागि नयाँ प्रबिधीको उपभोग गर्न पाउन भनी दर्जनौ कम्प्युटर बितरन गरेर गाउका बाल बालिका आधुनिक प्रबिधीबाट बन्चित नहुन भनी नयाँ कामको थालनी गर्नु भयो । आफ्नो कमाइको धेरै हिस्सा उहाले समाज सेवामा लगानी गरेका कारण नै उहा अहिले सबैका प्रिय र अबिभाबकका रुपमा कुबेतको नेपाली समाजमा चर्चित हुनु हुन्छ ।बिकट सिन्धुपाल्चोक जिल्ला, गाथी गाबिसको डाँडाकटेरी गाउँमा जन्मेर, काठमाण्डौ स्थायी बसोवास गर्नु हुने, ५१ वर्षिय राजेन्द्र तामाङ्ग भन्नु हुन्छ सफलता प्राप्तिको लागि इश्वरलाई दिमाखमा होइन दिलमा राख्न जरुरी छ,म भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने ब्यक्ती हुँ,आफुले कमाएको थोरै हिस्सा गरीब असाहयलाई दिदा मेरो धुकुटी रित्तिने होइन आत्मा सन्तुस्टीका कारण झन भरिने मेरो आस्था छ । कुनै पनि प्रस्ताबलाई नाही नभन्ने उहाको साकारात्मक भाबनाले नै एक सफल ब्यक्तीको रुपमा परीचित हुनु हुन्छ । बिगत र आजलाई उहाले घम्भिर रुपमा अध्ययन गर्नु भएको छ र परिवर्तनको संघारमा उभिएको हाम्रो समाजलाई भोली कस्तो दिशा दिने त्यो दुर गामी सोच पनि उहासँग भएको दुर्लब गुन हो जो कमै ब्यक्तिहरुमा पाउन सकिन्छ । कुबेतमा गठन भएका दुई दर्जन संघ सस्थाहरुसँग प्रतक्ष रुपमा आबद्द हुनु भएका तामाङ नेपालमा पनि अहिले त्यतिकै चर्चित हुनु हुन्छ । एनआरएन एनसीसी कुबेतका सस्थापक र कार्यसमिती अध्यक्षका नाताले गत दुई महिना पहिला नेपालमा सम्पन्न भएको ५औ ग्लोबल समेल्लन भाग लिन नेपाल दौढनु भएकोमा उहाले त्यस समयमा धेरै काम फत्ते गरेर गत हप्ता कुबेत फर्कनु भएको छ । सम्मेलनमा भाग लिएर कुबेतबाट उठेका सवालहरुलाई सबन्धित ठाउमा जोडदार रुपमा आबाज उठाउनु मात्र भएन कि कुबेतबाटै नेपाल पुर्याइेएकी शान्ती मायालाई सम्म भेट्न पुग्नु भयो र उनको सुध्रिएको स्वास्थ्य अबस्थालाई देखेर अत्तन्त खुशी हुँदै आफ्नो सस्था एनआरएन कुबेतको तर्फबाट ५० हजार सहयोग समेत गर्नु भयो ।

 
कुबेतमा E-SAF-Eको सहयोगार्थ हुन लागेको सास्कृतिक कार्यक्रमको च्यारिटी शोका लागि पाच जना नेपाली रास्टिय स्तरका कलाकारहरुलाई भेटी कार्यक्रमको सम्झौता समेत गर्न उहाले भ्याउनु भयो । कुबेतको ईतिहासमा दोस्रो पटक यती ठुलो जम्बो कलाकार टोली कुबेत भित्र्याउन उहाको ठुलो भूमिका रहेको कुरा क्लबका अधिकारीहरुले बाटएका छन । कुबेतमा एक जना कलाकार भित्र्याउन हम्मे हम्मे परेको अबस्थामा पाच पाच जना त्यो पनि चर्चित त प्रतिष्ठित कलाकारहरुलाई कुबेत भित्र्याउने आट गर्नु त्यसैमा एउटा ठुलो आट थियो जुन माउन्ट एभरेस्ट स्पोर्टइण्ग क्लबले गरेको छ र यो आँफैमा सराहनिय काम मात्र होइन क्लबका लागि एउटा गर्ब गर्ने ठाउँ पनि छ । १२ बर्ष लामो ईतिहास बोकेको कुबेतको एक मात्र सस्था माउन्ट एभरेस्ट स्पोर्टइङ क्लबलाई आजको हालतमा ल्याइ पुर्याउन राजेन्द्र तामाङको ठुलो योगदान रहेको कुरा क्लबले मात्र नभनेर बाहिरका ब्यक्ती बिशेषले समेत औल्याएका छन । जातिय सस्था तामाङ घेदुङ कुबेतलाई छोटो ईतिहासमा चर्चित र लोक प्रिय अवस्थामा पुर्याउन पनि राजेन्द्र दाईले दाइने हातको काम गरेको कुरा घेदुङका अध्यक्ष राम बहादुर घ्लान बताउछन । घेदुङले पनि आगामी महिना अमेरिका देखी चर्चित गायक राजु लामालाई आमत्रण गरी भब्य रुपमा सास्कृतिक सोनाम लोछार कार्यक्रम आयोजना गर्ने निश्चित भएको छ र यसका लागि राजेन्द्र तामाङ पनि बरीस्ट सल्लाहकारका हैसियतले जोडदार रुपमा लागि पर्नु भएको छ । नेपालबाट कुबेत आउने कलाकार,खेलाडी,पत्रकार,राजनैतीक कर्मी नै किन नहोस या एन आर एन कर्मीहरु उहाको निवासमा पुगेर एक दुई दिन बसेर मात्र फिर्ता हुन्छन जसका कारण उहालाई कुबेतबासी नेपालीहरुले मात्र नभै नेपालबाट अतिथीको रुपमा कुबेत आउने नेपालीहरुले सम्म सम्मान गर्दै इज्जत साथ कुबेतका राजेन्द्र दाई भनी चिन्न थालेका छन। त्यस कारण पनि लामो समय पच्चात उहालाई कुबेतको नेपाली समाजका एक सदभाबना राजदुतको रुपमा सबैले चिन्न थालेका छन र दर्जानी दिएका छन ।