एन आर एन ए कुवेतका बर्तमान उपाध्यक्ष महेन्द्र राई (मनिष)लाई NRNA-NCC कुवेतले हिजो एक कार्यक्रमको बिच बिदाई

Published On: Wednesday, February 15, 2017 | Source: NRNA KUWAIT

एन आर एन ए कुवेतका बर्तमान उपाध्यक्ष महेन्द्र राई (मनिष)लाई NRNA-NCC कुवेतले हिजो एक कार्यक्रमको बिच बिदाई गरेको छ । कुवेतको दुई दशक लामो बशाईलाई बिट मार्दै आफ्नै कर्मभुमी फर्कनु लाग्नु भएका राई कुवेतमा NRNA-NCC मा मात्र नरहेर अरु कृयाशिल बिभिन्न नेपाली अरु संघँ सस्थामा आबद्ध हुनुहुन्थ्यो भने खोटाङ जिल्लाबाशीलाई एकत्रित गर्दै आएको सस्था खोटाङ कुवेत संपर्क मञ्चका सस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।
हाम्रो एन सिसीको अध्यक्ष धर्मराज गिरीको सभापतित्वमा भएको बिदाई कार्यक्रमलाई एन सिसी महासचिब निर्मल सेयाङ्त्याङले सञ्चालन गर्नु भएको थियो उपाध्यक्ष महेन्द्र राईको बशाई जहाँ भएपनी सुखी रहोस् भन्दै एन सिसी अध्यक्ष गिरी लगायत अन्य सदस्य र सल्लाहाकार हरुले शुभकामना दिदै दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा एन सिसीले मायाको चिनो समेत दीईएको थियो । दिवा भोजको साथमा गरिएको बिदाई कार्यक्रममा एन आर एन ए कुवेतका सदस्यहरु ,सल्लाहाकारहरुको उपस्थिती रहेको थियो । बिदाईकै शिलशिलामा उहालाई खोटाङ कुवेत संपर्क मञ्च ,किरात राई यायोख्या कुवेत ,लालीगुराँस साँस्कृतिक परिवार ,माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब समेतले शब्द सुमनबाट खोटाङ कुवेत संपर्क मञ्चको अधिवेशनमा बिधाइ गरेको थियो। दुई दशक भन्दा लामो कुवेत बशाइलाई बिट मार्दै उहा पत्नी शहित नेपाल फर्कदै हुनुहुन्छ । बिदाई कै क्रममा खोटाङ कुवेत संपर्क मञ्चले आफ्नो अधीवेशनमा उहालाई भब्य बिदाई गरेको थियो ।